काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले रसुवाको भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि सहयोग उपलब्ध गराउन आह्वान गरेका छन् । नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको पेन्सनबापतको रु ८७ हजार प्रदान गर्दै उनले दुःखको यस घडीमा प्रभावित परिवारको राहतमा सहयोग पुर्याउन सबैसँग आग्रह गरे । पूर्वअध्यक्ष रेग्मीले