नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय बासिन्दाले बनाएको योजनाअनुसार नेकपा (एमाले)का नेता तथा कार्यकर्ता उद्धार, राहत, पुनर्निर्माण तथा पुनः स्थापनाको काममा खटिने बताएका छन् । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न ठाउँमा स्थलगत निरीक्षणपछि पार्टीका जिल्ला नेता तथा कार्यकर्तासँग कुरा गर्दै उनले स्थानीय आवश्यकताका आधारमा आफूहरू खटिने बताएका हुन् ।