काठमाण्डु – अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरले रसुवामा आएको विनाशकारी आकस्मिक बाढीप्रति समवेदना व्यक्त गरेकी छन्। परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन वार्ता गर्दै उनले विपद्को सामना गर्न नेपालले गरिरहेको प्रयासमा संयुक्त राज्य अमेरिकाको सहयोग रहने प्रतिबद्धता जनाएकी छन्। वार्ताका क्रममा हुकरले बुधबार आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति अमेरिकी सरकारको तर्फबाट गहिरो समवेदना