भोटेकोशी बाढी : कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा

  • शुक्रबार​ १२ भौ २०८३ ०२:३२ AM
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्ला स्थायी घर भएका १३० जना नागरिक सम्पर्कविहीन भएका छन् । काम, व्यापार, पर्यटन तथा धार्मिक भ्रमणका लागि रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा पुगेका उनीहरू बाढीपछि परिवारको सम्पर्कमा नआएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । हालसम्म प्राप्त प्रहरी विवरण अनुसार सम्पर्कविहीन हुनेहरूमा सबैभन्दा बढी सोलुखुम्बुका ३८