रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उच्च जोखिममा परेका रसुवाका विभिन्न स्थानबाट नेपाली सेनाले ८८३ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीय रहेका छन्। बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबर सार्वजनिक भएपछि उद्धारका लागि नेपाली सेना खटिएको थियो। प्रतिकूल मौसम र बाढीको तीव्र बहावका