अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको सकुशल उद्धार

  • बिहीबार ११ भौ २०८३ ०५:०५ PM
काठमाडौं । विनाशकारी बाढीको उच्च जोखिमबीच अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाले उद्धार गरेको छ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बु्धबारदेखि अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो । तर, प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै