बिदाका दिन पनि बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

  • बिहीबार ११ भौ २०८३ ०४:०५ PM
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यलाई सहज बनाउन केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबारदेखि आइतबारसम्म अत्यावश्यक बैंकिङ सेवा