काठमाडौँ । बाढीजन्य विपदका कारण घाइते भएर काठमाडौँका अस्पतालहरुमा उपचार गराइरहेका घाइते व्यक्ति तथा परिवार र सम्पत्ति गुमाएका व्यक्तिहरुको पुनःस्थापना गर्न काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । रसुवा भोटेकोशी बाढीबाट प्रभावित घाइते र आफन्त वेपत्ता भएका परिवारका सदस्यहरुको अवस्था र विरामीका आफन्तहरुको आवश्यकता बुझ्न शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर पीडामा रहेका व्यक्तिहरुसँग कुराकानी गरिसकेपछि यस्तो निर्देशन दिनुभएको हो । उहाँ स्वास्थ्य विभागका प्रमुख दिपककुमार के