भिभो वाई ०५ई नेपालमा सार्वजनिक, रु. १९,९९९ मा ५१५० एमएएच ब्याट्री र टिकाउ डिजाइन

  • बिहीबार ११ भौ २०८३ ०२:५३ PM
काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिजअन्तर्गत नयाँ बजेटमैत्री स्मार्टफोन भिभो वाई ०५ई नेपाली बजारमा सार्वजनिक गरेको छ। दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको यस स्मार्टफोनले भरपर्दो कार्यसम्पादन, टिकाउ डिजाइन र सहज प्रयोगको अनुभव किफायती मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीले जनाएको छ। भिभो वाई ०५का मुख्य विशेषताहरूलाई निरन्तरता दिँदै नयाँ वाई ०५ईमा प्रयोगकर्ताको दैनिक आवश्यकतालाई केन्द्रमा राखेर थप व्यावहारिक सुधार गरिएको बताइएको छ। फोनमा ५,१५० एमएएच क्षमताको ब्याट्री दिइएको छ, जसले कल, इन्टरनेट ब्राउजिङ, भिडियो हेर्नेलगायत दैनिक गतिविधिमा लामो समयसम्म साथ दिने कम्पनीको दाबी छ। अत्याधुनिक ब्याट्री प्रविधिको प्रयोग ... The post भिभो वाई ०५ई नेपालमा सार्वजनिक, रु. १९,९९९ मा ५१५० एमएएच ब्याट्री र टिकाउ डिजाइन appeared first on Kalika Khabar.