काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी तथा विपद्बाट प्रभावित नुवाकोट र रसुवा जिल्लामा वैकल्पिक विद्युत् सेवा प्रवाह गर्न ५०० थान सोलार पावर बैंक हस्तान्तरण गरेको छ । मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत प्रभावित क्षेत्रमा तत्कालीन विद्युत् आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सोलार पावर बैंक उपलब्ध गराएको हो । विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रमा प्रयोग