काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । विपद्मा परेका नागरिकको रक्षाका लागि हाल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका सात