काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको तोकिएको महाधिवेशन रोक्नुपर्ने मागसहित परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । बिहीबार सर्वोच्चका न्यायाधीशत्रय नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखेरलको इजलासले यस्तो आदेश