MAXUS Nepal ले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने

  • बिहीबार ११ भौ २०८३ ०१:०२ PM
काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको MAXUS Nepal ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि कुल ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। MAXUS Nepal ले SAIC MAXUS Automotive Co., Ltd., China सँगको समन्वयमा नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। कम्पनीका अनुसार सहयोग रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ। उक्त रकम नेपाल सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा उपयोग हुने कम्पनीले जनाएको छ। त्यसैगरी, बाँकी २० लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री ... The post MAXUS Nepal ले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने appeared first on Kalika Khabar.