काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले प्रभावित नागरिकको उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छन् । आयोगका प्रवक्ता सुरेश न्यौपानेले विपद्को घडीमा प्रभावितहरूको सहयोगका लागि आयोगका पदाधिकारीहरुले १५ दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताए । उनका अनुसार राजपत्राङ्कित