त्रिशूली र नारायणीमा भेटिएका १३० शवलाई अस्पताल ल्याइयो

  • बिहीबार ११ भौ २०८३ १२:४९ PM
काठमाडौं । चितवन जिल्ला हुँदै बग्ने त्रिशूली र नारायणी नदीमा आज बिहानदेखि सङ्कलन भएका ६६ शवलाई भरतपुर अस्पताल ल्याउन सुरु गरिएको छ । बुधबार साँझसम्म भेटिएका ६४ शव सोही दिन अस्पतालको शवगृहमा ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज र हिजो भेटिएका गरी शवको सङ्ख्या १३० पुगेको छ ।