काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण ठुलो संख्यामा पर्यटक सम्पर्कविहीन भएका छन्। पर्यटन विभागका अनुसार बाढीपछि आन्तरिक तथा विदेशी गरी ६६८ जना पर्यटक सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ। विभागले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुने पर्यटकमध्ये ३२७ जना महिला रहेका छन्। बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा सडक तथा यातायात सम्पर्क प्रभावित भएपछि पर्यटकहरू