काठमाण्डु – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्णरूपमा क्षतिग्रस्त भएको हो । गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक समेत बाढीका कारण बन्द अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत करिब १३