राष्ट्रपति पौडेलको एक महिनाको तलब बाढीपीडितलाई

  • बिहीबार ११ भौ २०८३ ११:४३ AM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका छन् । राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले बाढीपीडितको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक सरकारी कोषमा उपलब्ध गराउने घोषणा गरेका हुन् । बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सहयोग पुर्‍यउने उद्देश्यले राष्ट्रपति पौडेलले उक्त रकम प्रदान गर्ने निर्णय गरेका हुन् । The post राष्ट्रपति पौडेलको एक महिनाको तलब बाढीपीडितलाई appeared first on Kalika Khabar.