काठमाडौं । रसुवास्थित भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका दाङका २२ मध्ये पाँच जना सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार तुलसीपुर उपमहानगरपालिकाका तिलक चौधरी र रामकुमार चौधरी, राजपुर गाउँपालिका गोपाल चौधरी र बुद्धिराम चौधरी तथा रोल्पा घर भई तुलसीपुर बस्दै आएका ध्रुव बुढामगर सम्पर्कमा आएका छन् । उनी सकुशल