काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपद्का घटनासँग सम्बन्धित मानवीय रुपमा संवेदनशील तस्बिर, श्रव्यदृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपिल गरेको छ । मन्त्रालयले विपद्को विषम परिस्थितिमा सञ्चारमाध्यम तथा आमनागरिकबाट प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले