काठमाडौं । भोटेकोशी बाढीबाट क्षतिग्रस्त सञ्चार टावरहरुलाई सुचारु गरिएको छ । बाढीले क्षति पुर्याएका विभिन्न जिल्लाका टावर मर्मतपछि पुनः सञ्चालन गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । रसुवाको न्यौपानेचौर र राम्चेको रिपेयर साइटमा हेलिकप्टरबाट जेनेरेटर तथा ब्याट्री पठाई टावर मर्मत गरी सेवा सञ्चालन गरिएको हो । मन्त्रालयले रसुवाकै धुन्चे, नुवाकोटको विदुर बसपार्क, बटर, मदानपुर