भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै

  • बिहीबार ११ भौ २०८३ ११:४६ AM
काठमाडौँ । रसुवा बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये ३६ जनाको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले अस्पतालमा ल्याएका ३७ घाइतेमध्ये एक जनाको मृत्यु भएको र बाँकी ३६ जनाको उपचार भइरहेको जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् ।