काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत करवीर गैरेका लागि गत बुधवारको बिहान सामान्य कार्यदिन जस्तै थियो । बिहान साढे ७ बजे नै कार्यालय पुगिसकेका गैरे आफ्नो कार्यकक्षमा व्यस्त थिए । तर ८ बज्न १४ मिनेट बाँकी रहँदा शुरु भएको एउटा प्राकृतिक विपत्तिले उनको जीवन र टिमुरेको भूगोललाई सधैँका लागि बदलिदियो । अधिकृत