चितवन । रसुवाको बाढीले बगाएर ल्याएको शवको कानमा रहेको सुनको मुन्द्रा लुछ्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई भरतपुर–२ पोखरा बसपार्क क्षेत्रमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका