मुख्यमन्त्री कार्कीले गरे कोशी कटान क्षेत्रको स्थलगत निरीक्षण

  • बिहीबार ११ भौ २०८३ १०:२५ AM
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी कटान प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्। मुख्यमन्त्री कार्कीले बराहक्षेत्र नगरपालिका–९ र ६ नम्बर वडामा भइरहेको नदी कटान तथा त्यसबाट परेको प्रभावबारे स्थलगत निरीक्षण गरेका हुन्।