बाढीले पुल बगाएपछि कर्णालीभन्दा विकट भए नुवाकोटका यी ठाउँ

  • बिहीबार ११ भौ २०८३ १०:२९ AM
काठमाण्डु– भोटेकोसी नदीमा बुधबार बिहान आएको बाढीले त्रिशुली खोलामाथिका सबै पुल बगाउँदा नुवाकोटको पश्चिमी क्षेत्रको सदरमुकामसँग सम्पर्क विच्छेद भएको छ । बाढीले पुल बगाउँदा त्रिशुली पारिका क्षेत्रको सदरमुकाम विदुरसहित अन्य क्षेत्रसँग पूर्ण रुपमा सडक सम्पर्क टुटेको छ । बेत्रावती, भैंसे, दुई नम्बर पुल, त्रशुली, सिमुटार, देवीघाट, रातमाटेसहित स्थानमा रहेका पक्की पुल बाढीले बगाएको छ ।