काठमाण्डु- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा फसेका २७ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले बिहीबार जारी गरेको रिपोर्टअनुसार रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रमा अलपत्र परेका पर्यटकलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा उद्धार गरिएको हो। गत बुधबार बिहान करिब साढे ८ बजे आएको आकस्मिक बाढीपछि संस्कृति,