पत्रकार टेकराज थामी बाढीपछि केरुङबाट सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ १०:४२ AM
काठमाण्डु– पत्रकार टेकराज थामी भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन् । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थामी नयाँ पत्रिका दैनिकमा कार्यरत थिए । महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी थामी समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका बेला बेपत्ता भएको जानकारी दिएका हुन् । दाहालले परिवारलाई हवाला दिँदै जारी गरेको