नयाँदिल्ली – नेपालमा आएको भीषण बाढीको असर भारतीय क्षेत्रमा समेत देखिन थालेको छ । बाढीको पानीसँगै नेपालबाट शवहरू भारतीय क्षेत्रमा बगेर आउन थालेका छन् । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार बिहीबार निचलौलको टेलफाल नजिकै गण्डक नदीमा ३ वटा शव तैरिरहेको अवस्थामा फेला परेका छन् । सशस्त्र सीमा बल (एसएसबी), राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) र