काठमाडौँ : भोटेकोसीको विनाशकारी बाढीमा परेर पाँच वटा जलविद्युत् आयोजनामा कार्यरत करिब २०० जना सम्पर्कविहीन भएका छन्। बुधबार आएको बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा रहेको विद्युत् परियोजनामा ठूलो जनधनको क्षति पुर्याएको आशंकाबीच प्राप्त पछिल्लो विवरणअनुसार करिब २०० जना मानिक सम्पर्कविहीन भएका हुन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन भएका छन्। जसमध्ये आधा नेपाली छन् भने आधा विदेशी छन्। आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना सम्पर्कविहीन छन्। यी मध्ये आयोजनामा ... The post बाढीमा परेका ५ जलविद्युत् आयोजनाका करिब २०० जना सम्पर्कविहीन appeared first on Kalika Khabar.