काठमाण्डु – रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार तथा उपचारका लागि नेपाल भेटेरिनरी एसोसिएसनले हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार प्रभावित पशुपालक कृषकहरूले हटलाइन ११५९ मा सम्पर्क गरी पशुपन्छीको स्वास्थ्य अवस्था, उपचार तथा उद्धारसम्बन्धी आवश्यक प्राविधिक परामर्श लिन सक्नेछन् । हटलाइनमा प्राप्त सूचनाका