काठमाडौं । रसुवा जिल्लामा अवस्थित विभिन्न जलविद्युत आयोजनाहरूमा बाढीले ठुलो क्षति पुर्याएको छ । प्राकृतिक विपत्तिका कारण निर्माणाधीन तथा सञ्चालित आयोजनामा कार्यरत सयौँ स्वदेशी तथा विदेशी कर्मचारी एवं कामदारहरू सम्पर्कविहीन भएका छन् । सञ्चार सम्पर्क विच्छेद र भौगोलिक विकटताका कारण उद्धार कार्यमा समेत चुनौती देखिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ । निर्माणाधीन