काठमाडौं । सरकारले रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित १५ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरी उद्धार, राहत तथा पुनस्र्थापनाका कामलाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले प्रभावित पालिकामा उद्धार, खोजी तथा राहतका कामसँगै तत्काल सार्वजनिक सेवा र लाइफलाइन पूर्वाधार पुनस्र्थापनालाई प्राथमिकता दिइएको बताइन् । उनका