काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले ‘नाडा अटो शो २०२६’ मा नयाँ मोटरसाइकल ‘एक्सएसआर १५५’ सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी अटो शोमा कम्पनीले ‘बर्न टु स्ट्याण्ड आउट’ अभियानअन्तर्गत एक्सएसआर १५५ सार्वजनिक गरेको हो । रेट्रो र आधुनिक डिजाइनको संयोजन गरिएको यो मोटरसाइकल फरक शैलीका मोटरसाइकल मन पराउने राइडरलाई लक्षित