काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । बाढीबाट प्रभावित रसुवा तथा अन्य क्षेत्रबाट आइरहेका तस्बिर तथा भिडियोहरूले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको ग्रुपले जनाएको छ । ग्रुपले विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै अझै पनि आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र चिन्तामा आफूहरू साथमा ... The post गोल्छा ग्रुपले बाढी प्रभावितका लागि डेढ करोड सहयोग गर्ने appeared first on Kalika Khabar.