काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीले क्षति पुर्याएको पृथ्वी राजमार्ग सञ्चालनका लागि हिलो र लेदो पन्छाउने कार्य तिब्र पारिएको छ । राजमार्गको बैरेनी खण्डमा थुप्रिएको लेदो हटाउन सुरक्षाकर्मीहरू स्थानीय नागरिकको सहयोगमा परिचालन भएका छन् । यद्यपि, सडकको अवस्था र क्षतिको प्रकृति हेर्दा आजै यातायात सञ्चालनमा आउने सम्भावना न्युन रहेको बताइएको छ । बुधवार भोटेकोशी