भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ ०८:४२ AM
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर १२७ नेपालीसहित ६४४ पर्यटक सम्पर्कविहीन भएका हुन् । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ६४४ पर्यटक सम्पर्कविहीन भएको राससलाई