काठमाडौँ। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विदेशमा रहेका नेपाली तथा सहयोग गर्न चाहने व्यक्तिहरूले आइएमईमार्फत नेपालमा निःशुल्क रकम पठाउन सक्ने भएका छन्। आइएमईले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका लागि विभिन्न बैङ्कमा रहेका खातामा आइएमईमार्फत सिधै निःशुल्क रकम जम्मा गर्न सक्नेछन्।