धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि धादिङबेँसीसँगको सडक सम्पर्क अवरुद्ध भएको अवस्थामा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, अनावश्यक मूल्यवृद्धि र कालोबजारी हुन नदिन बजार अनुगमन गरिएको छ । नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माको नेतृत्वमा आज धादिङबेँसी बजार क्षेत्रमा अनुगमन गरिएको हो । सडक सम्पर्क अवरुद्ध भएपछि खाद्यान्न, खाना पकाउने ग्यासलगायत अत्यावश्यक