काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सम्भावित डुबान क्षेत्रका सर्वसाधारणले अझै उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ । केन्द्रका प्रवक्ता डा राजन भट्टराईले बुधबार गएको भोटेकोशी बाढीप्रभावित क्षेत्रको नदी किनार, तल्लो भूभाग तथा सम्भावित डुबान क्षेत्रमा रहेका नागरिकलाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाई सुरक्षित तथा अग्लो स्थानमा रहन आग्रह गरेका छन् ।