काठमाण्डु–कुमारी बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड आर्थिक सहयोग जम्मा गरेको छ । हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम जम्मा गरेको हो । साथै, बैंकले विपद् प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा अनुगमन कार्यलाई