काठमाडौं । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीका कारण आन्तरिक तथा बाह्य गरी ६ सय ४४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरका अनुसार विभिन्न ३३ देशका पर्यटक सम्पर्कविहीन रहेको जानकारी टुर एजेन्सीहरूले दिएका छन् । सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतका १ सय ७८ जना छन् ।