काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार र पुनःस्थापनाका लागि गोल्छा ग्रुपले डेढ करोड रुपैयाँ सहयोग गरेको छ । ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ जम्मा गरेको हो । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले विपत्तिको समयमा प्रभावित परिवार र समुदायलाई आवश्यक सहयोग गर्नु सबैको प्राथमिकता हुनुपर्ने बताए