सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन सहज होस भनी राहत सामग्री संकलन गर्न तीन स्थान तोकेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि आवश्यकताअनुसार सरकारले नै प्रभावित क्षेत्रमा वितरण गर्नेछ। यस्तै, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र