२८ देशका ४७६ विदेशी सम्पर्कविहीन, ४५ को उद्धार

  • बिहीबार ११ भौ २०८३ ०७:४८ AM
काठमाण्डु – भोटेकोशीमा आएको बाढीका कारण २८ देशका ४७६ जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन् । बिहीबार बिहान १० बजेसम्म सम्पर्कविहीन विदेशी नागरिकको संख्या ४७६ रहेको पर्यटक प्रहरीले जनाएको छ। त्यस मध्ये सबैभन्दा धेरै भारतका १७७ जना छन्। त्यस्तै अमेरिकाका ६३, युक्रेनका ५३, अस्ट्रेलियाका ३४, बेलायतका ३३, मलेसियाका २८ र क्यानडाका २५ जना सम्पर्कविहीन छन्।