काठमाण्डु– नारायणी नदीबाट ५८ वटा शव निकालिएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएरनारायणी नदीमा पुर्याएका ५८ वटा शव फेला परेका हुन् । पूर्वी नवलपरासीको गैडाकोटदेखि त्रिवेणी व्यारेज इलाकासम्म नारायणी नदीबाट उक्त संख्यामा शव फेला परेको हो । नं. ३१ गुल्म तथा मातहत युनिटको सशस्त्र प्रहरीले खोज तथा उद्धारको कार्य गरिरहेको छ ।