खोज र उद्धारमा पार्टीका कार्यकर्तालाई परिचालन गर्न कांग्रेस तयार छ : गगन थापा

  • बिहीबार ११ भौ २०८३ ०७:५५ AM
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दल एक ठाउँमा आएर एउटै सोच र संकल्पका साथ काम गर्ने परम्परा रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले यही परम्परालाई निरन्तरता दिँदै रास्वपाले संसद्मा रहेका तथा संसद्बाहिर रहेका मुख्य दलहरूको सर्वदलीय बैठक बोलाएको बताए ।