बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गरेका छौँः स्वास्थ्य मन्त्रालय

  • बिहीबार ११ भौ २०८३ ०६:२२ AM
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा सम्भावित स्वास्थ्य जोखिम नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गरिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले रसुवा, नुवाकोटलगायत जिल्लामा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि आवश्यक स्वास्थ्यकर्मी परिचालन गरिएको बताएका छन् । सम्भावित स्वास्थ्य जोखिम नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीको समेत व्यवस्थापन