भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

  • बिहीबार ११ भौ २०८३ ०६:२८ AM
काठमाडौं । भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत पठाउने भएको छ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आज बिहान ३७ दशमलव पाँच टन सामग्री नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘भारत नेपालका अधिकारीहरुसँग नियमित सम्पर्कमा छ, हामी विपद् सहायतामा सहयोगका लागि कटिबद्ध छौँ’, उनले भनेका छन् ।