काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा हैदराबाद किङ्समेन एकेडेमीले नेपाल ए लाई जितका लागि १९८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबाद किङ्समेन एकेडेमीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रनको योगफल बनाएको हो । हैदराबादका लागि शेहान जयसूर्याले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा